देउवाको दाबी : कांग्रेस–एमाले गठबन्धनबाट जनता खुसी र आनन्दित छन्

२०८१ आश्विन ५, शनिबार

काठमाडौँ : सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको बताएका छन् । सभापति देउवाले सत्ताका लागि कचकच भइरहेका बेला दुई ठुला पार्टीबिचको गठबन्धनले जनतामा आनन्द र खुसी छाएको सभापति देउवाको दाबी थियो ।

शनिवार काभ्रेको धुलिखेलमा बीपी कोइरालाको सालिक अनावरण गर्दै उनले सत्ता सहकार्य गरेर दलहरूले जनताको पक्षमा काम गर्नुपर्ने बताए । सभापति देउवाले पार्टीलाई आगामी निर्वाचनमा कम्तीमा पहिलो पार्टी बनाउने गरी मेहनत गरेर जनताको पक्षमा खटिएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार