रिलायबल नेपाल लाइफको कम्पनी सचिवमा तिवारी नियुक्त

२०८१ आश्विन ८, मंगलवार

काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा दिपेश बाबु तिवारी नियुक्त भएका छन् ।

कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक तिवारीलाई कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले सचिवमा नियुक्त गरेको हो ।तिवारीलाई कार्तिक १ गतेदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गरिएको हो ।

यसअघिका सचिव नारायणहरि अधिकारीले आफ्नो व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए । उनको राजीनामा कम्पनीले स्वीकृत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार