सार्वजनिक नीति तथा प्रत्यायोजित र विधायन समितिको बैठक बस्दै

२०८१ आश्विन ११, शुक्रबार

काठमाडौँ : आज दुई वटा संसदीय समितिको बैठक बस्न लागेको छ। संसद सचिवालयका अनुसार आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको छ।

बिहान ११ बजेका लागि बोलाइएको बैठकमा लाङटाङ राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा, शुक्ला फाँटा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन सम्बन्धमा छलफल हुनेछ।

त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने बताइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार