दुर्घटनामा घाइते तामाङको उपचारका क्रममा मृत्यु

२०८१ आश्विन १५, मंगलवार

विराटनगर : मोरङमा दुर्घटनामा घाइते भएका १ जनाको मृत्यु भएको छ । मिक्लाजुङ गाउँपालिका–३ धोबिनीमा दुर्घटनामा परेर घाइते भएका मिक्लाजुङ–४ का २८ वर्षीय लिखमल तामाङको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको  हो ।

भित्री सडक खण्डमा को १ ज ८९६७ नम्बरको पिकअप गाडी र मे ६ प ९८७३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर गत शनिबार दिउँसो दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर मोटरसाइकलमा सवार तामाङ र २८ वर्षीय छवि मगर गम्भीर घाइते भएका थिए । घाइतेमध्ये तामाङको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा बिहान ९:४० बजेतिर मृत्यु भएको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले बताए । उनका अनुसार अर्का घाइतेको उपचार भइरहेको छ ।

दुर्घटनालगत्तै प्रहरीले पिकअप र चालक मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का ४१ वर्षीय गंगाराम अधिकारीलाई नियन्त्रणमा लिएको थियो । अधिकारीविरुद्ध सवारी ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार