फुलह्यामविरुद्ध म्यानचेस्टर सिटी ३-२ ले विजयी

२०८१ आश्विन २०, आईतवार

काठमाडौं : इङ्लिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले फुलह्यामलाई पराजित गरेको छ। शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले फुलह्यामलाई ३-२ गोल अन्तरले पराजित गरेको हो।

म्यानचेस्टर सिटीको जितमा माटेओ कोभाकिकले २ गोल गरेका थिए भने जेरेमी डोकुले एक गोल गरेका थिए । त्यसैगरी फुलह्यामका लागि आन्द्रेज पेरेइरा र रोड्रीगो मुनिजले एक एक गोल गरेका थिए।

यो जितपछि म्यानचेस्टर सिटीको ७ खेलमा १७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यसैगरी फुलह्यामको ७ खेलमा ११ अंक रहेको छ र लिगमा सातौँ स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार