वीरगन्जका मेयर सिंहमाथि स्थानीयद्वारा दुर्व्यवहार

२०८१ आश्विन २१, सोमबार

काठमाडौं : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि दुर्व्यवहार भएको छ ।

महानगरको अलौँ वडा नम्बर १७ मा सोमबार बिहान मेयर सिंहमाथि स्थानीयले दुर्व्यवहार गरेका हुन् । महानगरको वडा नम्बर २६ स्थित खेतमा जमेको पानीको विषयलाई लिएर विवाद हुँदा मेयर सिंहमाथि आक्रमण भएको स्थानीयवासीले बताए ।

एक स्थानीयका अनुसार असोज १२ र १३ गतेको अविरल वर्षापछि आएको बाढी खेतमा भरिएको थियो । उनले भने, ‘जमेको पानी शनिवार वडा नम्बर १७ का वडा सदस्य आमोद यादवले खोलेका थिए, तर आइतबार अर्को पक्ष गएर फेरि बन्द गरेको थियो । त्यही जमेको पानी फेरि मेयर सिंहले खोल्दा विवाद भएको हो, त्यहिबेला उनीमाथि दुर्व्यवहार भएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार