वरिष्ठ गीतकार विश्व बल्लभको निधन

२०८१ आश्विन २४, बिहीबार

काठमाडौँ : वरिष्ठ गीतकार विश्व बल्लभको निधन भएको छ। माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा मस्तिष्कघातको उपचारको क्रममा बुधबार ८० वर्षको उमेरमा उनको निधन भएको हो।

गीतकार राजेन्द्र थापाले सामाजिक सञ्जालमार्फत बल्लभको निधन भएको जानकारी दिएका हुन्। गीतकार थापा बल्लभको उपचारको लागि अर्थ संकलनमासमेत सक्रिय थिए। रेडियो नेपालमा लामो समय जागीरे जीवन विताएका बल्लभ कवि तथा गितकार ईश्वर बल्लभका सहोदर भाइ हुन्।उनकी पत्नीको दुई वर्षअघि नै निधन भएको थियो।

उनको हिजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार