पुण्य गाैतममाथि रड प्रहार गर्ने दुई जना पक्राउ

२०८१ आश्विन २४, बिहीबार

काठमाडाैं : अभियन्ता पुण्य गाैतममाथि रड प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

गत २१ गते राती जाेरपाटीस्थित निवास गइरहेकाे बेला गाैतममाथि रड प्रहार भएकाे थियाे । जसका कारण उनी गम्भीर घाइते भइ नेपाल मेडिकल कलेजकाे आइसियुमा भर्ना हुनु परेकाे थियाे । अभियन्ता गाैतम खतरामुक्त छन ।

प्रहरीले अनुसन्धान गर्दै जाँदा मेडिकल ब्यावसायी दुर्गा प्रसाइका कार्यकर्ताहरू काभ्रेपलान्चोक तेमाल घर भई हाल भक्तपुर च्यामासिहं बस्ने बर्ष ३० को टासी लामा भन्ने संजिव तामाङ र रसुवा नवकुण्ड गाउपालिका –०५ घर भई गोकर्णेश्‍वर नपा– ४ बस्ने बर्ष ४१ को मिलन भन्ने दिल बहादुर गङदानले साे रड प्रहार गरेकाे खुल्न आएकाे छ ।

प्रहरीका अनुसार साे घटनाकाे अनुसन्धान गर्ने क्रममा उक्त घटनाको मुख्य योजनाकार नागरिक बचाउ महाअभियान अन्तर्गत नागरिक प्रतिरक्षा बलका संयोजक मिलन लामा भन्ने दिल बहादुर गङदान रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार