दशैँ मनाउन हिँडेकी महिलाको भीरबाट लडेर मृत्यु

२०८१ आश्विन २५, शुक्रबार

डोटी : डोटीको जोरायल गाउँपालिका-४ की एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ ।

शुक्रबार कैलालीको चौमालाबाट जोरायल गाउँपालिका-४ थलीस्थित घरमा दशैँ मान्न जाने क्रममा ३७ बर्सिया भावना पुन मगरको भीरबाट लडेर मृत्यु भएको हो । चौमालामा व्यापार गर्दै आएकी भावना श्रीमान् प्रेमबहादुर पुन मगर र छोराछोरीसँगै दशैं मनाउन घर हिँडेकी थिइन् । उनी  घर पुग्न नपाउँदै मृत्यु भएको मृतकका भाइ सबिन पुनले जानकारी दिए ।

जोरायल गाउँपालिका-४ को गणेशाल भन्ने ठाउँभन्दा करिब ५ सय मिटर माथि उकालो चढ्ने क्रममा लडेर करिब ५० मिटर तल कच्ची सडकमा खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो । उनको घाटी र अनुहारमा चोट लागेको घटनास्थलमा रहेका उनका आफन्तहरूले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार