नवलपुर : नवलपुरको गैँडाकोट नगरपालिका- १०, भैसाखोरीमा बस र कार एक आपसमा ठक्कर खाँदा पाँचजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार शुक्रबार दिउँसो नारायणगढबाट कावासोतीतर्फ आउँदै गरेको गण्डकी प्रदेश ०४–००१ ख ००५८ नम्बरको बस र कावासोतीबाट चितवनतर्फ जाँदै गरेको बा. ८च ६३३६ नम्बरको कार एक आपसमा ठक्कर जाँदा कारचालकसमेत पाँचजना घाइते भएका छन्।
दुर्घटनामा परेर कारचालक कावासोती- १७ बस्ने ७० वर्षीय प्रेमप्रसाद पराजुली, धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका- २ बस्ने वर्ष ४१ को गोपबहादुर थापा, थापाकी श्रीमती वर्ष ३७ की सीता थापा, छोरी वर्ष १० की सन्ध्या थापा घाइते भएका छन्। त्यसैगरी, बसमा सवार गैँडाकोट- १५ बस्ने वर्ष ७५ को चक्रपाणि खनाल पनि दुर्घटनामा घाइते भएका छन्।
घाइतेहरूको पुरानो मेडिकल कलेज भरतपुर, चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ।बस र बसचालक कावासोती- १६ निवासी ४० वर्षीय पृथ्वीराम थनेत प्रहरीको नियन्त्रणमा रहेका छन्।





