पहिरो खसेपछि अरनिको राजमार्ग बन्द,यातायात अवरुद्ध

२०८१ आश्विन २७, आईतवार

काठमाडौँ : अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका ८ मा सुख्खा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ।

शनिवार राति करिब ९ बजेतिर आएको पहिरोका कारण अरनिको राजमार्ग अन्तर्गत ५० किलोमा सडक पूर्णरुपमा अवरुद्ध भएको हो। ट्राफिक प्रहरी पोस्ट पाँचखालका इन्चार्ज राम थापाले सुख्खा पहिरोका कारण राजमार्ग रातिदेखि अवरुद्ध भएको बताए। उनले अवरुद्ध राजमार्ग एकतर्फी सञ्चालन गर्ने गरि पहिरो पन्छाउने काम भइरहेको जानकारी दिए।

राजमार्ग अवरुद्ध हुँदा संयौ सवारी साधनहरुको लामो लाइन भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार