मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

२०८१ आश्विन २७, आईतवार

झापा : मोटरसाइकल दुर्घटना हुँदा झापामा दुई जनाको मृत्यु भएको छ । शनिबार राति पूर्व-पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका-४ स्थित अमलडाँगीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका- ८ निवासी ३३ वर्षीय अनिलकुमार लिम्बू र सोही ठाउँका २० वर्षीय सोमराज लिम्बू रहेका छन् । मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई तत्काल उपचारका लागि दमक अस्पताल लगिएको थियो ।

अस्पताल पुग्दासम्म उनीहरूको मृत्यु भइसकेको बताइएको छ । चिकित्सकले अस्पताल पुगेपछि दुवैलाई मृत घोषित गरेका थिए । पूर्व-पश्चिम राजमार्गमा केर्खाबाट दमकतर्फ जाँदै गरेको को २७ प ३५१३ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार