आज सार्वजनिक बिदा

२०८१ कार्तिक १, बिहीबार

सुर्खेत : आज कर्णाली प्रदेशभर सार्वजनिक बिदा दिइएको छ। कर्णाली प्रदेश सरकारले प्रदेशभर लागू हुनेगरी सार्वजनिक बिदा दिएको हो।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार  गत बैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले कात्तिक १ गते बिहीबारका दिन असोज शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) को अवसरमा बिदा दिने निर्णय गरेको हो।

आज कर्णाली प्रदेशमा रहेका सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरु बन्द रहनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार