राष्ट्रिय भलिबल खेलाडी उषालाई भाटभटेनीद्वारा १० लाख रुपैयाँ प्रोत्साहन

२०८१ कार्तिक ३, शनिबार

काठमाडौं : नेपाली राष्ट्रिय महिला भलिबल टिमकी स्पाइकर उषा भण्डारीलाई भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरले प्रोत्साहनस्वरूप १० लाख रुपैयाँ दिने भएको छ।

 

भण्डारीले नेपाली भलिबलमा गरेको योगदान र स्तरवृद्धिमा साथ दिनका लागि प्रोत्साहनस्वरूप १० लाख रुपैयाँ दिएको भाटभटेनीले जनाएको छ। प्रोत्साहन रकमका लागि एकवर्षे सम्झौता गरिएको छ।

‘नेपालकै सबैभन्दा ठूलो रिटेल चेन भाटभटेनीबाट प्रोत्साहन पाउँदा खुसी छु’, उनले भनिन्। काठमाडौंमा दुई महिनाअघि भएको काभा वुमेन्स भलिबल नेसन्स लिगमा नेपाली टिम उपविजेता भएको थियो।

नेपाली टिमको यो यात्रामा तनहुँकी २० वर्षीया उषाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। उनी फ्रेन्चाइज प्रतियोगिता एभरेस्ट वुमेन्स लिग भलिबलमा काठमाडौं स्पाइकरमा मार्की खेलाडी रहेकी थिइन्।

गत महिना माल्दिभ्समा भएको काभा वुमेन्स क्लब भलिबल च्याम्पियनसिपमा नेपाल पुलिस च्याम्पियन भएको थियो, जसमा उषाले च्याम्पियनसिपकै बेस्ट प्लेयर र बेस्ट आउटसाइड हिटरको अवार्ड जितेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार