रवि छुटाउन पोखरा गएका रास्वपाका नेता फर्किए, आज काठमाडौंमा प्रदर्शन गर्ने

२०८१ कार्तिक ९, शुक्रबार

काठमाडौं : सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि उनलाई छुटाउन पोखरा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरु रित्तोहात काठमाडौं फर्किएका छन् । बिहीबार अदालतले रविलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएपछि रास्वपाका नेताहरु रित्तोहात फर्किएका हुन् ।

रित्तो हात काठमाडौंमा फर्किएका रास्वपाका कार्यकर्ताले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएका छन् । गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका रवि हाल कास्की प्रहरीको हिरासतमा छन् । पहिले ६ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालत कास्कीले आजमात्रै थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

सडक प्रदर्शन गरेर लामिछानेलाई छुटाउने प्रयास गरेको रास्वपाले पोखरामा स्थानीय जनताको साथ पाउन सकेको थिएन । रास्वपाले लामिछानेलाई राजनीतिक प्रतिशोधमा पक्राउ गरेको आरोप लगाउदै आएपनि लामिछाने र उनका व्यावसायिक साझेदार छविलाल जोशीविरुद्ध रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी भएको छ। बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता नारायणबहादुर पहराईको जाहेरीका आधारमा जिल्ला न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले पक्राउ गर्न अनुमति दिएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार