बैतडीमा खर काट्ने क्रममा भीरबाट लडेर महिलाको मृत्यु

२०८१ कार्तिक ९, शुक्रबार

दार्चुला : बैतडीको दोगडाकेदार गाउँपालिका–४ दिउनामा खर काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु भएको छ । दिउनाकी ६५ बर्षिया हिरादेवीको बिष्टको शुक्रबार बिहान खर काट्ने क्रममा भीरबाट लडेर महिलाको मृत्यु भएको हो ।

दोगडाकेदार गाउँपालिका–४ का वडाकाध्यक्ष तर्कराज भट्टका अनुसार बिष्टको बिहान १० बजेतिर स्थानीय उच्चाइनी भन्ने भिरबाट लडेर मृत्यु भएको हो । भिरबाट लडेर करिब दुई सय मिटर तल सडकमा खसेकी बिष्टको घटनास्थलमै मृत्यु भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार