हवाई आक्रमणमा १५ को मृत्यु, पाँच घाइते

२०८१ कार्तिक ११, आईतवार

बेरुत/जेरुसेलम : दक्षिणी लेबनानमा आइतबार बिहान इजरायली हवाई आक्रमणमा १५ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

इजरायली ड्रोन र लडाकू विमानहरूले दक्षिणी लेबनानका १० सहर र गाउँमा १३ वटा हवाई आक्रमण गरेका थिए । इजरायली सेनाले दक्षिणी लेबनानका सीमावर्ती गाउँहरूमा आक्रमण जारी राखेको छ । यसैबीच हिजबुल्लाहले एक विज्ञप्तिमार्फत इजरायली शहर एकरको सैन्य उद्योगमा हवाई आक्रमण गरेको बताएको छ । आइतबारको छुट्टै विज्ञप्तिमा आइडिएफले दक्षिणी लेबनानमा हिजबुल्लाहसँगको गोलीबारीमा शनिबार चार इजरायली सैनिक मारिएको बताएको छ ।

चारै जनाले आइडिएफको एलोन रिजर्व इन्फन्ट्री ब्रिगेडमा सेवा गरेका थिए । आइडिएफले शनिबार दक्षिणी लेबनानमा एक सय २० भन्दा बढी हिजबुल्लाह लक्ष्यमा आक्रमण गरी ७० हिजबुल्लाह लडाकूलाई मारेको बताएको छ ।(रासस/सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार