११ उद्योगले तिरे बिजुली बक्यौताको पहिलो किस्ता

२०८१ कार्तिक ११, आईतवार

काठमाडौं :  ट्रंक र डेडिकेटेड लाइनको महसुल रकम नतिरेकामध्ये केही उद्योगले किस्तामा तिर्न थालेका छन्।

आइतबारसम्म ११ वटा उद्योगले पहिलो किस्ता बुझाएका नेपाल विद्युत प्राधिकरणका उप–कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।आइतबार मात्रै तीन वटा उद्योगले पहिलो किस्ता तिरेको उनले बताए । किस्ता बुझाएका उद्योगको नाम भने उनले खुलाएनन् । प्राधिकरणले विद्युत महसुल बापतको बक्यौता नबुझाएको भन्दै बिहीबार राति ४३ उद्योगको लाइन काटिदिएको थियो ।

किस्ता बुझाउने उद्योगमा लाइन जोडिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार