काठमाडौं : बर्दियाको ठाकुरबाबा नगरपालिका-१ भुरीगाउँस्थित पूर्वपश्चिम राजमार्गको कृष्ण मन्दिरनजिकै मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
सुर्खेत गुर्भाकोट नगरपालिका-९ बोटेचोरका ३२ वर्षीय अर्जुन कार्कीले चलाएको कप्र-०२००२ प ०६६० नम्बरको मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट ५० वर्षीया मोती थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला अस्पताल, गुलरियामा उपचारका क्रममा उनको मृत्यु भएको थियो ।
प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।





