चितवन : नारायणगढ–मुग्लिन सडक अन्तर्गत सत्रकिलोमा शुक्रबार बिहान बस र इलेक्ट्रिक माइक्रो बस ठोक्किँदा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमध्ये गोरखाको आरुघाट गाउँपालिका–१ मान्बुका ४२ वर्षीय राजबहादुर गुरुङसहित पाँच जनाको मृत्यु भ्याएको हो ।माइक्रो बस चालकसहित तीन पुरुष र एक महिलाको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको बागमती प्रदेश०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश०३–००१ ख २८१२ नम्बरको बस एक आपसमा ठोक्किएका हुन्।
दुर्घटनापछि उपचारका लागि लगिएका उनीहरू सबैको मृत्यु भरतपुर अस्पतालमा भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्। ज्यान गुमाउने र घाइते सबै माइक्रो बसका यात्रुहरू हुन्। बसमा सवार यात्रुहरूको अवस्था भने सामान्य नै रहेको र चालक घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीले बसका चालक मकवानपुर हेटौडा उपमहानगर पालिका वडा नम्बर ९ बस्ने वर्ष ४४ का सूर्य विक्रम बिस्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।