चितवन : जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिका वडा नम्बर ५ नयाँचोकमा शुक्रबार मध्याह्न १२ बजे ना ४ च ६९५१ नम्बरको बलेरोले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा पर्सा सखुवापर्सौनी गाउँपालिका वडा नम्बर ४ घर भई हाल पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नम्बर ५ मा डेरा गरी बस्ने वर्ष १७ का इशान अन्सारी छन् । गम्भीर घाइते भई उपचारका लागि भरतपुर अस्पताल पुर्याइएकोमा उहाँको त्यहीं मृत्यु भएको हो ।
बलेरो र चालक माडी नगरपालिका वडा नम्बर ३ बस्ने २४ वर्षीय मनोज महत्तोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





