कारसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

२०८१ कार्तिक २४, शनिबार

झापा : झापाको मेचीनगरमा कारसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत मेचीनगर नगरपालिका–७ टोकला चिया बगान नजिकै काँकडाभिट्टाबाट इटाभट्टातर्फ जाँदै गरेको बा ६० प २५३७ नम्बरको मोटरसाइकलले ब्याक गर्दै गरेको बीएए–८६८७ नम्बरको कारलाई पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा परी मोटरसाइकल चालक मेचीनगर–७ का २५ वर्षीय राजमान बिक घाइते भएका थिए । उनलाई  बीएण्डसी अस्पताल बिर्तामोड लगिएको र  उपचारको क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोटरसाइकल, कार र कार चालक रामेछाप खाँडादेवी गाउँपालिका–४ का ३४ वर्षीय दिनेश कँडेललाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार