जीप दुर्घटना अपडेट : ६ जनाको मृत्यु

२०८१ कार्तिक २५, आईतवार

कालीकोट : कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

आइतबार दिउँसो कालीकोटको पलाँता गाउँपालिका–३ राढुनेटामा यात्रुवाहक जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । पलाँता गाउँपालिकाका उपाध्यक्ष अलैपुरा जैशीले २० जना सवार बोलेरो जीप भिरबाट खसेको र ६ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिइन् ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका डिएसपी टेकबहादुर रावतले दुर्घटनाबारे प्रहरीले सूचना प्राप्त भएको र त्यसतर्फ टोली परिचालित भइसकेको जानकारी दिए । ‘हामी जाँदैछौ‌ । दुर्घटनाको सूचना आएको छ । अरू विवरण घटनास्थल पुगेपछि थाहा हुन्छ,’ उनले भने । जीप पलाँताको वडा नम्बर ३ बाट वडा नम्बर ९ तर्फ जाँदै थियो ।

यी हुन् घाइते
१) कालिकोट पलाता ६ बस्ने वर्ष नखुलेको केशव थापा (अवस्था गम्भीर)
२) कालिकोट पलाता ६ बस्ने किशोर थापा (अवस्था गम्भीर)
३) कालिकोट पलाता ६ बस्ने विजय थापा (अवस्था गम्भीर)
४) कालिकोट पलाता ६ बस्ने रिदम शाही (अवस्था गम्भीर)
५) कालिकोट पलाता ६ बस्ने प्रतीक्षा शाही (अवस्था गम्भीर)
६) कालिकोट पलाता ६ आशिष रोकाया (अवस्था गम्भीर)
७) कालिकोट पलाता ६ बस्ने भुपेन्द्र  रोकाया (अवस्था गम्भीर)
८) कालिकोट पलाता ३ बस्ने दानबहादुर रोकाया (अवस्था गम्भीर)
९) कालिकोट पलाता ३ बस्ने निर्मला रोकाया (अवस्था गम्भीर)
१०) कालिकोट पलाता ३  बस्ने जगत रोकाया (अवस्था गम्भीर)
११) चालक वतन नखुलेको धनीराम रावत (अवस्था गम्भीर)
१२) कालिकोट पलाता ५ बस्ने दोलि विक (अवस्था गम्भीर)
१३) कालिकोट पलाता ५ बस्ने आयुशा विक (अवस्था गम्भीर)

मृतक
१) कालीकोट पलाता गाउँपालिका–६ बस्ने दसकला शाही
२) कालीकोट पलाता गाउँपालिका–६ बस्ने पदम बम
३) कालीकोट पलाता गाउँपालिका–६ बस्ने भगवती रोकाया
४) कालीकोट पलाता गाउँपालिका–६ बस्ने गणेश शाही
५) कालीकोट पलाता गाउँपालिका–५ बस्ने छाया शाही
६) कालीकोट पलाता गाउँपालिका–३ बस्ने दमन रोकाया

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार