काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को परीक्षा चैत ७ गते देखि गर्ने निर्णय गरेको छ ।
बोर्डले आफ्नो वेब साइटमा सो सूचना जारी गरेको छ । सूचना अनुसार माघ पहिलो साता परीक्षा केन्द्र निर्धारण, माघ मसान्तभित्र परीक्षा केन्द्र इन्ट्री र रुजु, फागुन मसान्तभित्र आन्तरिक नम्बर पठाउने र वार्षिक परीक्षा सञ्चालन चैत ७ गतेबाट गर्ने र असार ६ गतेभित्र परीक्षाफल प्रकाशित गर्ने उल्लेख छ ।







