मकै र गँहुवालीको प्रर्वद्धन सम्बन्धी कार्यक्रममा सहभागी हुन कृषि मन्त्री मेक्सिको प्रस्थान

२०८१ कार्तिक २७, मंगलवार

काठमाडौँ : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी मेक्सिको प्रस्थान गरेका छन्। मकै र गँहुवालीको प्रर्वद्धन सम्बन्धी अन्तर्राष्ट्रिय संस्था (CIMMYT) ले आयोजना गरेको विभिन्न कार्यक्रममा सहभागी हुन मन्त्री अधिकारी आज त्यसतर्फ प्रस्थान गरेका हुन्।

मन्त्री अधिकारीको मकै र गहुँवाली प्रर्वद्धन सम्वन्धी दुईपक्षीय र बहुपक्षीय बैठकहरुमा सहभागी हुने कार्यक्रम रहेको छ। छलफलबाट नेपाल सरकार र उक्त संस्थाबीच भएको १० वर्षीय सम्झौता अनुरुपका अनुसन्धान तथा विकासका क्रियाकलापहरु र संयुक्त कार्यक्रम विकासकोे योजना तयार गरिनेछ।

मन्त्री अधिकारीले मेक्सिकोको कृषि सम्वन्धी अधिकारी र आयोजक संस्थाका प्रमुखसँग पनि भेटवार्ता गर्नेछन्। मन्त्री अधिकारीको भ्रमणले नेपालको कृषि विकास रणनीति र नेपाल सरकारले घोषणा गरेको कृषिमा लगानी दशक अनुरुपका क्रियाकलापहरुमा टेवा पुग्ने छ।

मन्त्री अधिकारीको साथमा मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठ र हरिबहादुर केसी, मन्त्री अधिकारीका निजी सचिव रोसन अधिकारी लगायत छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार