दीपक मनाङे पक्राउ

२०८१ कार्तिक २७, मंगलवार

काठमाडौं : ज्यान मुद्धामा दोषि ठहर पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् । काठमाडौंको स्यम्भूबाट उनी पक्राउ परेका हुन् ।

मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजिरहेको थियो । दीपक मनाङेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेका थिए ।

ज्यान मार्ने उद्योग मुद्दामा उनलाई कात्तिक २० गते सर्वोच्च अदालतले पाँच वर्ष जेल सजाय सुनाएको थियो। उनलाई अदालतको फैसला कार्यन्वयनका लागि आजै कारागार चलान गरिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार