भारतीय अभिनेता रावतको नेपाली चलचित्रमा काम गर्ने चाहना

२०८१ मंसिर ५, बुधबार

काठमाडौं : बलिउड अभिनेता प्रदीप सिंह रावत अहिले नेपालमा छन् । उनी चलचित्र ‘ह्रस्व दीर्घ’ हेर्न आएका दर्शकसँग हलमा पुगेर साक्षात्कार गरिरहेका छन् । सिनेमाको प्रक्रिया लिइरहेका छन् ।

उनले नेपाली चलचित्रमा काम गर्न पाएकोमा खुसी व्यक्त गरे । आगामी दिनमा पनि नेपाली चलचित्रमा काम गर्ने चाहना रहेको उनले बताए । उनले पारिवारिक सिनेमा भएकाले ‘ह्रस्व दीर्घ’ हेर्न सपरिवार आउन पनि आग्रह गरेका छन् । विग मुभिज पुगेर दर्शकको प्रतिक्रिया बुझ्दै उनले आफू पनि पहाडी भएको बताए । त्यही भएर नेपालीसँग आफ्नो अनुहार मिल्ने बताए ।

उनी आज नेपालगन्ज पुगेर त्यहाँका दर्शकसँग सिनेमाको प्रतिक्रिया बुझ्नेछन् । त्यतैबाट उनी आजै स्वदेश फर्किनेछन् । रावत श्रीमती कल्याणीसहित शनिबार नेपाल आएका थिए ।नीता फिल्मसको प्रस्तुति ‘ह्रस्व दीर्घ’का कार्यकारी निर्माता धनन्जय गलानी हुन् ।

चलचित्रमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनील वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईंटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायत कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको चलचित्रलाई बलिउडका चर्चित सिनेमेटोग्राफर कवीरलालले खिचेका हुन् ।

चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार