काठमाडौं : साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार म्याद थपका लागि अदालतमा पुर्याएको थियो ।
प्रसाईंलाई प्रहरीले मंगलबार भक्तपुरस्थित उनकै निवासबाटै पक्राउ गरेको थियो ।





