काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ ।
उनलाई कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई राखिएको ठाउँमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले हाम्रोदेशलाई बताए । कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे बयान लिन उनलाई पोखराबाट काठमाडौँ ल्याइएको हो ।





