विद्रोहीको कब्जापछि सिरियाली सेना फिर्ता, ३०० जनाको मृत्यु

२०८१ मंसिर १६, आईतवार

काठमाडौँ : सिरियाली विद्रोही समूहले राष्ट्रपति बसर अल–असदको शासनविरुद्ध संघर्ष जारी राख्दै अलेप्पो शहरको ठूलो भागमा कब्जा गरेको छ। सरकारी सुरक्षा बलहरूले शहरबाट पछि हटेको स्वीकार गर्दै सिरियाली सेनाले जवाफी कारबाही गर्ने चेतावनी दिएको छ।

सिरियाको दोस्रो ठूलो शहर अलेप्पोमा बुधबारदेखि सुरु भएको संघर्षमा हालसम्म ३ सय जनाको ज्यान गएको छ, जसमा २० सर्वसाधारण पनि छन्। सरकारका समर्थकहरू सरकारी सेना अलेप्पोबाट पछि हटेको भन्दै आक्रोशित भएका छन्।

यसैबीच, रुसले अलेप्पोका केही भागमा हवाई हमला थालेको छ। रुसले २०१६ पछि पहिलो पटक अलेप्पोमा हवाई हमला गरेको हो। असद सरकारका लािग रुस प्रमुख सहयोगी राष्ट्रको रूपमा परिचित छ। यसको हवाई हमलाले विद्रोही समूहलाई कडा चुनौती दिने अनुमान गरिएको छ। यो घटनामा रुस र इरानका विदेशमन्त्रीबीच टेलिफोन संवाद भएको बीबीसीले उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार