रवि लामिछानेलाई बयानको लागि चितवन लगियो

२०८१ मंसिर १८, मंगलवार

काठमाडौं : सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई चितवन लगिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई काठमाडौंबाट आज बयानका लागि चितवन लगिएको हो । चितवनमा पनि रविविरुद्ध उजुरी परेपछि बयानका लागि त्यहाँ लगिएको हो । चितवनमा सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा यही मङ्सिर ५ गते पूरक जाहेरी दर्ता भएको थियो ।

काठमाडौंबाट पक्राउ गरेर कास्की पुर्‍याइएका लामिछानेलाई यसअघि रुपन्देही र काठमाडौंमा लगेर बयान लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार