चीनका राष्ट्रपतिलाई प्रधानमन्त्रीले दिए नेपाल भ्रमणको निम्तो

२०८१ मंसिर १९, बुधबार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँगको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित चीनका राष्ट्रपति सी चिनफिनलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन्।

मंगलबार बेइजिङमा प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच भएको भेटवार्ताका क्रममा प्रधानमन्त्रीले राष्ट्रपति सीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका हुन्। सन् २०२५ मा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ मनाइने अवसरमा राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो दिइएको हो। परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति सीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने प्रतिवद्धता जनाएका छन्।

यस अवसरमा प्रधानमन्त्री ओलीले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई प्रगाढ बनाउन र आपसी हितका विविध क्षेत्रहरूमा सहकार्य विस्तार गर्न पहल गरेका थिए।

भेटमा दुई नेताबीच सीमा व्यापार, लगानी प्रोत्साहन, र आर्थिक सहकार्यका सम्भावनाहरूमा पनि छलफल भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार