युरोप भ्रमणमा रहेकी परराष्ट्रमन्त्री देउवा उतैबाट दिल्ली जाने

२०८१ मंसिर २८, शुक्रबार

काठमाडौं : युरोप भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा उतैबाट भारतको नयाँ दिल्ली जाने भएकी छन् ।

उनी १९ डिसेम्बर (पुस ४)मा भारतको राजधानी नयाँ दिल्ली जान लागेकी हुन् । ​नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रहरूको दायित्वबारे ९० देशहरूको कार्यक्रममा भाग लिन गएकी मन्त्री देउवा उतैबाट दिल्ली जाने कार्यसूची तय भएको हो । हाल नेदरल्यान्ड्समा रहेकी मन्त्री देउवाले जर्मनी र बेल्जियमको भ्रमण गर्नेछिन् । त्यसपछि भारत पुग्ने देउवाले भारतीय समकक्षी  एस जयशंकरसँग भेट्ने  सम्भावना छ ।

दिल्लीमा पुस ५ गते हुने इकोनोमिक कन्फ्रेन्सलाई सम्बोधन गर्न मन्त्री देउवा भारत जाने उनका प्रेस सल्लाहकार एकराज पाठकले बताए । कार्यक्रममा भारतका विदेशमन्त्री एस जयश‌ंकर प्रमुख अतिथिका रूपमा सहभागी हुने छन् भने देउवा विशिष्ट अतिथिको भूमिकामा हुनेछिन् । त्यससँगै मन्त्री देउवाले स्वास्थ्य परीक्षण समेत गर्ने तय भएको पाठक बताउँछन् ।

परराष्ट्रमन्त्री देउवा अघिल्लो साता चीन भ्रमणबाट फर्किएकी थिइन् । चीनबाट फर्किएलगत्तै उनी युरोप उडेकी थिइन् । भारतमा रहँदा मन्त्री देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बारेमा समेत छलफल गर्न सक्ने बताइएको छ । चीनबाट फर्केकै दिन प्रधानमन्त्री ओलीले अब छिट्टै भारत भ्रमणमा जाने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार