मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीसहित चालक घाइते

२०८१ मंसिर २८, शुक्रबार

पाल्पा : पाल्पाको रामपुरमा मोटरसाइकल दुर्घटना हुँदा पैदलयात्रीसहित चालक घाइते भएका छन् । कालीगण्डकी काेरिडोर अन्तर्गत रामपुर नगरपालिका-५ सानीअमराईमा पैदलयात्रीलाई मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीसहित चालक घाइते भएका हुन् ।

शुक्रबार बिहान बेझाँड बजारबाट विजयपुरतर्फ जाँदै गरेको ग ८ प ६९१७ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको थियो। घाइते हुनेहरुमा पैदलयात्री रामपुर नगरपालिका ५ भम्बक बस्ने ४० वर्षीय केशबहादुर सेन ठकुरी र सोही मोटरसाइकलका चालक पूर्वखोला गाउँपालिका १ सिलुवा बस्ने  २४ वर्षीय सुनिल सुनारी रहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक रामबहादुर नेपालीले बताए ।

साथै सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पूर्वखोला-१, का २४ वर्षीय जीवनकुमार चिदी सामान्य घाइते भएको छन् । मर्निङवाकमा हिंडिरहेका सेनलाई ठक्कर दिएपछि मोटरसाइकल अनियन्त्रित भई मोटरसाइकल दुर्घटना भएको थियो । घाइतेमध्ये सेन र सुनारीलाई रामपुर अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको प्रहरी निरीक्षक नेपालीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार