शनिबार जेलबाट रिहा भए अभिनेता अल्लु अर्जुन

२०८१ मंसिर २९, शनिबार

काठमाडौं : अभिनेता अल्लु अर्जुन शनिबार बिहान हैदराबादको चंचलगुडा सेन्ट्रल जेलबाट रिहा भएका छन् ।

हैदराबाद प्रहरीले उनलाई शुक्रबार पक्राउ गरी अदालतमा पेस गरेको थियो । त्यसको केही समयपछि तेलंगाना उच्च अदालतले उनलाई चार हप्ताको लागि अन्तरिम जमानत दिएको थियो। तर, उनी शुक्रबार राति रिहा भएनन् । अल्लु अर्जुनका वकिल अशोक रेड्डीले अल्लु अर्जुन शनिबार बिहान मात्र रिहा भएको जानकारी दिए छन् ।

चलचित्र पुष्पा–२, द रुल’ को प्रदर्शनका क्रममा भागदौडमा एक महिलाको मृत्यु भएपछि अल्लु अर्जुनविरुद्ध मुद्दा दायर भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार