रगताम्य अवस्थामा महिला मृत फेला

२०८१ पुष १, सोमबार

गुल्मी : गुल्मीको इस्मामा एक महिला मृत फेला परेकी छिन् । इस्मा गाउँपालिका–४ हुलकी ५० वर्षीया मिना दर्लामी आफ्नै घरमा मृत फेला परेको स्थानीय भोला सिह थापाले जानकारी दिए ।

मृतक दर्लामीको शरीरभरि चोट र रगत रहेको थापाले बताए । घरमा श्रीमान शिवबहादुर दर्लामी र मिना बस्दै आएका थिए । उनले आइतबार राति ९/१० बजेको घटना हुनसक्ने बताए । घटनास्थलमा शवको अवस्था हेर्दा हत्या भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।

घटना बारे थप अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक शंकर पोख्रेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार