कुनैपनि पार्टीसँग एकता गर्ने सम्भावना छैन : जगन्नाथ खतिवडा

२०८१ पुष १, सोमबार

काठमाडौं : नेकपा एकीकृत समाजवादीले तत्काल कुनैपनि पार्टीसँग एकताको सम्भावना नरहेको निष्कर्ष निकालेको छ ।

उपाध्यक्ष एवं प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार स्थायी कमिटी बैठकले अहिले कुनै पार्टीसँग एकताको सम्भावना नरहेको निष्कर्ष निकालेको हो । ‘सबैसँग सहकार्य गर्न तयार छौं, तर कुनै पार्टीसँग एकता गर्ने संभावना नरहेको जानकारी गराउँछौ’, खतिवडाले भने । भोलि सकिने स्थायी कमिटीले तत्काल कुनै पार्टीसँग एकता संभावना नरहेको निर्णय गर्ने उनले बताए ।

माओवादी केन्द्र सहितको समाजवादी मोर्चामा एकीकृत समाजवादी रहेकाले बेलाबेला पार्टी एकताको चर्चा हुने गरेको छ । तर त्यस्तो चर्चाको खण्डन हुनेगरी एकीकृत समाजवादीले तत्काल कुनैपनि कम्युनिष्ट पार्टीसँग एकताको संभावना नरहेको निष्कर्ष निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार