इलाम : इलाममा आज ट्रकले च्यापिए चालकको मृत्यु भएको छ।
माङ्सेबुङ गाउँपालिका- ३ सल्लेरीमा बुधबार बिहान ट्रकले च्यापिएर पाँचथरको हिलिहाङ गाउँपालिका- ७ भारापा निवासी ३८ वर्षीय कुमार तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
सडकमा बिग्रिएपछि बनाउने क्रममा काठ बोकेको ना ३ ख ६०३७ नम्बरको ट्रकले च्यापिँदा तामाङको मृत्यु भएको हो।
चक्काको नटबोल्ट भाँचिएपछि जगले उठाएर ट्रक मर्मत गरिरहँदा जग भासिएर च्यापिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए।