धनकुटामा १५ वर्षीया बालिका बलात्कृत

२०८१ पुष ३, बुधबार

काठमाडौं : धनकुटामा बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। धनकुटा नगरपालिका–३, स्याउले मोडमा डेरा गरी बस्ने सिन्धुलीको सुनकोसी गाउँपालिका–७, गैरीटोलका २१ वर्षीय लीलाबहादुर विश्वकर्मालाई प्रहरीले १५ वर्षीया बालिका बलात्कार आरोपमा पक्राउ गरेको हो।

मंगलबार साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ। विश्वकर्माले बालिकालाई आफ्नो डेरामा लगेर सोमबार राति बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरीले पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार