काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अध्यादेश ल्याएर भएपनि अनलाइन मिडियामाथि अङ्कुश लगाउने चेतावनी दिएका छन् । आज (आइतबार) नेपाल पत्रकार महासङ्घ कास्कीका नवनिर्वाचित पदाधिकारीहरुको सपथ तथा पदभार ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले धेरै अनलाइन मिडियाहरु अराजक बन्दै गएको बताए । मन्त्री गुरुङले यस्ता प्रकारका मिडियाहरुलाई नियमनभन्दा पनि नियन्त्रण नै गरेर जानुपर्ने बताए ।
ऐन, कानुन नमान्ने र पत्रकारिताका मान्यताहरुको खिल्ली उडाउने अनलाइन मिडियाहरुलाई अध्यादेश ल्याएर भएपनि नियन्त्रण गरिने उनको चेतावनी छ । अनलाइन मिडियाहरुको प्रभावकारी नियमनका लागि विधेयक बनेको र उक्त विधेयक आगामी हिउँदे अधिवेशनबाट पारित गर्ने तयारी रहेको बताउँदै उनले भने, ‘संसद तत्काल बोलाउने अवस्था नभएमा अध्यादेशबाट समेत यो विधेयक ल्याउनुपर्ने देखिएको छ ।