सहकारी प्रकरण : दीपेश पुनमाथि २ करोड १४ लाख बिगो दाबी

२०८१ पुष ७, आईतवार

काठमाडौं : जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनले सूर्यदर्शन सहकारीबाट २ करोड १४ लाख ८ हजार ८ सय ४३ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको छ ।

आइतबार जिल्ला अदालत कास्कीमा दायर भएको मुद्दामा पुनलाई पनि प्रतिवादी बनाइएको हो । उनले सहकारीको बचतकर्ताहरूलाई विश्वस्त दिलाउने, आकर्षक व्याजदरको प्रलोभन देखाउने समेतका कार्यबाट छोटो समयमा ठूलो रकम बचत संकलन गरी गैर कानुनी लाभ लिने गरेको जिल्ला वकिलको कार्यालयमा दायर भएको मुद्दामा उल्लेख छ ।

साथै, श्रीमती सविना आले मगरलाई सञ्चालक समितिमा राखी आफू अनुकुल बनाउनका लागि सोही अनुसारको सञ्चालक समितिबाट निर्णय गराएको पनि सरकारील वकिल कार्यालयले दायर गरेको मुद्दामा उल्लेख छ ।

यही प्रकरणमा जोडिएका गोर्खा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक गितेन्द्रबाबु राई, रास्वपा सभापति रवि लामिछाने, तत्कालीन प्रबन्ध निर्देशक छविलाल जोशी लगायत ६३ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार