काठमाडौँ : धादिङ गुल्मी र उदयपुरमा भएका छुट्टाछुट्दै सवारी दुर्घटनामा परेर कम्तीमा ३ जनाको मृत्यु भएको छ ।
धादिङ, बेनिघाट रोराङ गाउँपालिका-३ रिचोकटारस्थित सडकमा रोकी राखेको बा.प्र.२/०३/००१ क ००६३ नम्बरको ट्रकमा बा.प्र.०३-०१३ प ७८०१ नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २४ वर्षीय रामकृष्ण कँडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राजमार्ग अस्पताल मलेखुमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि केएमसि अस्पताल सिनामंगल रिफर गरिएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गुल्मी, सत्यवती गाउँपालिका(२ पादिस्थित सडकमा रिडिबाट पूर्तिघाटतर्फ जाँदै गरेको लु.१ क ५४०० नम्बरको टिपर शुक्रबार राति दुर्घटना हुँदा चालक पाल्पा रैनादेवी गाउँपालिका-१ बुतुङ्दी बस्ने २४ वर्षीय श्रीराम कुमालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र जोहाङमा उपचारको क्रममा मृत्यु भएको हो ।





