समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा खबरदारी सभा गर्ने

२०८१ माघ २, बुधबार

काठमाडौँ : समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा खबरदारी सभा गर्ने निर्णय गरेको छ ।

बुधबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकले आगामी माघ १६ गते काठमाडौंकेन्द्रित कार्यक्रम गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपाका नेता खड्गबहादुर विश्वकर्माले बैठकमा समाजवादी मोर्चाको आठौँदेखि नवौँ बैठकको बीचको गम्भीर समीक्षा भएको जानकारी दिए। उनले समाजवादी मोर्चाको कार्यक्रमहरु केही धिमा भएकोमा अब उक्त गल्ती दोहोरिन नदिने निर्णय भएको बताए।

उनले भने, ‘आठौँदेखि नवौँ बैठकको बीचको गम्भीर समीक्षा समाजवादी मोर्चाले गरेको छ । यो बीचमा शुरुमा समाजवादी मोर्चाको गठन, यसले कार्यक्रम लञ्चिङ गरेर देशैभर ठूलो ह्वीम क्रिएट भएको थियो । कम्युनिष्ट क्रान्तिकारी, देशभक्तहरुमा र आम जनतामा उत्साह पनि पैदा भएको थियो । त्यसको सशक्त रुपमा आओस् भन्ने थियो ।

यो बीचमा हाम्रा पार्टीका आन्तरिक कामका कारणले समाजवादी मोर्चाको कार्यक्रम अघि बढाउने सन्दर्भमा हाम्रो गति थोरै धिमा भयो । त्यो धिमा हुनुमा हाम्रा आफ्ना केही सीमा रहे भनेर गम्भीर समीक्षा गरेकौँ छौँ । आगामी दिनमा त्यो दोहोरिन नदिने प्रतिवद्धता छ । आगामी माघ १६ गते काठमाडौंमा एउटा भव्य समाजवादी मोर्चाको तर्फबाट कार्यक्रम गर्ने ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार