धनुषामा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८१ माघ ४, शुक्रबार

धनुषा : धनुषामा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

जनकपुर उपमहानगरपालिका-७ स्थित भमरपुराचोकदेखि वलुवा टोलतर्फ जाने सडकमा ना ६ ख ४५३७ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री महोत्तरी, महोत्तरी गाउँपालिका-५ गौरीगामा बस्ने ६० वर्षीय सत्यनारायण साह तेलीको शुक्रबार बिहान घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार