स्कटल्याण्डसँग १ विकेटले हार्‍यो नेपाल

२०८१ माघ ७, सोमबार

काठमाडौं : मलेसियामा जारी आईसीसी यु-१९ महिला टी-२० विश्वकपमा स्कटल्याण्डले नेपाललाई १ विकेटले हराएको छ । नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्याण्डले ९ विकेटको क्षतिमा ८ बल बाँकी रहँदै पूरा गर्यो ।

उसका लागि पिपा स्प्रोलले जोडेको ३५ रननै जितको लागि आधार बन्यो । खेलमा नतिजा आफ्नो पोल्टामा परिसकेको अवस्थामा अन्तिममा सम्हालिन नसक्दा नेपालले पहिलो जित निकाल्नबाट चुकेको छ । यो हारसँगै सुपर सिक्समा पुग्ने नेपालको अवसर पनि गुमेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार