नेताहरूको कार्यविभाजन गर्न माओवादी पदाधिकारी बैठक बस्दै

२०८१ माघ ८, मंगलवार

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक मंगलबार बस्दैछ। बैठक दिउँसो २ बजे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बस्ने उपमहासचिव वर्षमान पुनले बताए।

पुनका अनुसार मंगलबारको पदाधिकारी बैठकले नेताहरूको कार्यविभाजन टुंगो लगाउने सम्भावना छ। यसअघि गत माघ २ गतेको पदाधिकारी बैठकमा उपाध्यक्ष पम्फा भुसालले नेताहरूको कार्यविभाजनसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन्।

उक्त प्रस्तावबारे मंगलबारको बैठकमा छलफल गर्ने र नेताहरूलाई जिम्मेवारी बाँडफाँट गर्ने माओवादी केन्द्रले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार