अस्पतालबाट डिस्चार्ज हुँदै सैफ अली खान

२०८१ माघ ८, मंगलवार

नयाँ दिल्ली : बलिउड अभिनेता सैफ अली खान आज अस्पतालबाट डिस्चार्ज हुँदैछन् । सैफलाई मंगलबार साँझसम्म लीलावती अस्पतालबाट डिस्चार्ज गरिनेछ ।

डिस्चार्ज भएपछि सैफ अली खान आक्रमण भएको सतगुरु शरण अपार्टमेन्टमा जाने छैनन् । बरु पहिले बसेको फच्र्यून हाइट्स अपार्टमेन्टमा जानेछन् । अभिनेताको घरको सामान सोमबार राति नै सारिएको बताइएको छ ।

सतगुरु अपार्टमेन्टमा आउनुअघि सैफ आफ्नो परिवारसँग फच्र्यून हाइट्समा बस्थे । तर पछि उनले यसलाई अफिस बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार