दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते

२०८१ माघ ११, शुक्रबार

भक्तपुर : मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा मोटरसाइकल र कार एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको ।

सो दुर्घटनामा एक बालिका घाइते भएकी छिन् । जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेलका अनुसार बा प्र ०१–०२७ च. ९२७ नंको कार र बा५० प ७४१ नं को मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार भोजपुरको पात्लेपानी गाउँपालिका–६ घर भई हाल काठमाडौँ पेप्सीकोला बस्ने २३ वर्षीया सपना राईको मृत्यु भएको हो । उनको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको हो ।

सो दुर्घटनामा मोटरसाइकलमै सवार तीन वर्षीया ईश्वरी राई घाइते भएकी छिन् । दुवैजना आमा छोरी हुन् । कार चालक रामेछापको सुनापाती गाउँपालिका–१ घर भई हाल काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–४ बस्ने ३४ वर्षीय कृष्णप्रसाद गौतमलाई प्रहरीवृत्त थिमिले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार