वामदेवसँग पार्टी एकता आवश्यक छैन : उपमहासचिव गुरुङ

२०८१ माघ ११, शुक्रबार

बुटवल : सूचना तथा सञ्चार मन्त्री समेत रहेका नेकपा एमालेका उपमहासचिव  पृथ्वीसुब्बा गुरुंगले बामदेव गौतमसँग पार्टी एकता  आवश्यक नभएको बताएका छन् ।

बुटवलमा प्रेस चौतारी रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले वामदेवको साथमा कोही नभएकाले उनलाई कुनै पद दिएर पार्टीमा ल्याउने सम्भावना नभएको उनले बताएका हुन् । गौतमले जसरी पनि एमालेमा समाहित हुने चाहना व्यक्त गरेकाले पार्टी अध्यक्ष केपी शर्मा ओली कुरा गरेको उनको भनाई छ । उनले भने ‘उहाँसँग साथको को छ र ? एकताका लागि, एकताको त केही अर्थ हुन्छ होला नि ।’

मंगलबारको बसेको एमालेको सचिवालयको बैठकले वामदेवसँग सहकार्य गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार