हमासले छाड्यो चार इजरायली महिला सैनिक, विपिनको पालो कहिले ?

२०८१ माघ १२, शनिबार

काठमाडौँ : प्यालेस्टाइनी विद्रोही समूह हमासले थप चार जना इजरायली बन्धकलाई शनिवार रिहा गरेको छ । आइतबारबाट भएको गाजा युद्ध विरामपछि हमासले दोस्रो चरणमा आफूसँग बन्धक रहेका थप चार जना रिहा गरेको हो ।

रिहा हुनेमा इजरायली महिला सैनिक छन् । जसमा करिना अरिएभ, डेनिएला गिल्बोआ, नामा नेभी र लिरी अल्बाग रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसको बदलामा इजरायलले आफूसँग जेल तथा बन्धकमा रहेका २०० जना प्यालेस्टाइनीलाई छाड्दै छ । यो आदानप्रदानलाई अन्तर्राष्ट्रिय रेडक्रस(आइसिआरसी)ले गरिरहेको छ । हमासले अझैँ घोषणा गरेकामध्ये २६ जना इजरायली बन्धकलाई छाड्न बाँकी छ ।

हमास र इजरायलबीचको पछिल्लो शान्ति सम्झौतामा हमासले एकजना इजरायली सैनिक छाड्दा इजरायलले ५० प्यालेस्टाइनी बन्दी छाड्नुपर्ने छ । यस्तै हमासले सर्वसाधारण छाड्दा ३० जना प्यालेस्टाइनी बन्दी इजरायलले छाड्नुपर्ने सहमति छ।

यसरी ६ साता लामो हुने भनिएको यो युद्ध विरामका क्रममा हमासले कुल ३४ जना बन्धक छाड्दा इजरायलले झन्डै एक हजार नौ सय प्यालेस्टाइनी बन्दी छाड्दै छ ।

विदेशी नागरिकका हकमा भने यस्तो सम्झौता छैन। मध्यस्थकर्ता देशहरूले विदेशी नागरिक छुटाउन हमाससँग संवाद गरिरहेका छन् । यस क्रममा नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा हुने अपेक्षा गरिएको छ। जसका लागि नेपाल सरकार र परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा लगातार पहल गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार